काठमाडौं, ९ चैत । जनयुद्धकालीन मुद्दामा दोषी ठहर भई जेल जीवन विताइरहेका माओवादी नेता एवम् पूर्व सभासद बालकृष्ण ढुङ्गेलको गीति एल्वम ‘खाली खुट्टे’ सार्वजनिक भएको छ ।
काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा एक समारोहकाबीच राष्ट्रिय गानका लेखक व्याकुल माइला, पूर्वमन्त्री एवं माओवादी नेता राम कार्की र युग पाठक लगायतकाले एल्बम विमोचन गरेका हुन्।
‘खाली खुट्टे’ एल्बमका सबै गीत ढुङ्गेलले लेखेका हुन्। जसमा अन्जु पन्त, शिव परियार, दीपक लिम्बु र रामचन्द्र काफ्लेलगायतले गीत गाएका छन्। सङ्गीत चेतन सापकोटाको रहेको छ।
जेल बाहिर रहेकै बेला ढुङ्गेलले उक्त गीतहरू लेखेको बताईएको छ ।
एल्बममा पाँचवटा गीत छ जसमध्ये तीनवटाको भिडियोसमेत रिलिज भएको छ।
The post जेलमा रहेका बालकृष्ण ढुङ्गेल बने गीतकार, खाली खुट्टे सार्वजनिक(भिडियोसहित) appeared first on Sajha Post.