एजेन्सी, २९ फागुन । केही समयदेखि टेलिभिजन पर्दाबाट टाढा बसिरहेका कपिल शर्मा आफ्ना फ्यानहरुलाई मनोरञ्जन गर्न पुनः कमेडीमा देखा पर्ने भएका छन् । कपिल शर्मा आफ्नो नयाँ कमेडी शोमार्फत पुनः टेलिभिजनमा आउने भएका हुन् ।
तर खबर अनुसार यस पटक कपिल एक्लै आउने छैनन् । उनीसँग सुन्दर टेलिभिजन अभिनेत्री पनि कार्यक्रम होस्ट गर्न आउने बताइएको छ । कपिलको नयाँ कमेडी शोमा उनको साथ कमेडी टिभी सिरिज ‘मे आइ कम इन म्याडम’ की एक्ट्रेस नेहा पेंडसे देखापर्दैछिन् । खबरहरुका अनुसार कपिल र नेहाको यो नयाँ शो एउटा गेम शो हुनेछ । जुन भारतीय टिभी इतिहासमा कहिल्यै भएको थिएन ।
यसपटक कपिलले अटो रिक्सा छोडेर आफ्नो लागि नयाँ लग्जरी कारको व्यवस्था गरेका छन् । केही दिन अघि कपिल शर्माको नयाँ शोको टीजर आएको थियो । जसमा उनी कहिले बस त कहिले अटो रिक्सामा झुण्डिरहेको देखा परिरहेका थिए । तर हालै उनको अर्को नयाँ टिजरमा कपिल पूरै कंगाल भएको देखाइएको थियो ।
The post यी बोल्ड टिभी एक्ट्रेससँग नयाँ शोमा कमब्याक गर्दैछन् कपिल शर्मा appeared first on Sajha Post.