एजेन्सी, २७ फागुन । बलिउडका बादशाह शाहरुख खानले आफ्नो एकजना फ्यानले आफुलाई ‘अक्क न बक्क’ बनाएको बताएका छन् । एक अन्तर्वार्तामा खानले एकजना फ्यान जबरजस्ती आफ्नो घरभित्र छिरेको र सम्पूर्ण कपडा खोलेर स्वीमिङ पुलभित्र हाम फालेको बताए ।
जब शाहरुखको सुरक्षाकर्मीले ती फ्यानलाई उनको त्यस्तो असामान्य व्यवहारको बारेमा सोधे तब उनले ती फ्यानले आफू पनि शाहरुखले जस्तै स्वीमिङ पुलमा तैरिएर सास लिन चाहेको बताए । खानले भने, ‘उसलाई मसँग फोटो लिनु थिएन । उ मात्र म जस्तै पानीमा सास लिन चाहन्थ्यो ।’
शाहरुखको आगामी फिल्म ‘जिरो’ चाँडै नै प्रदर्शन हुँदैछ । फिल्ममा क्याटरिना कैफ र अनुष्का शर्मा पनि शाहरुखसँग देखिने बताइएको छ ।
The post शाहरुख खानकाे फ्यान जबरजस्ती घरमा छिरेर पुरै कपडा उतारेपछि … appeared first on Sajha Post.