काठमाडौं, २४ असोज । चर्चित नायिका प्रियंका कार्कीले दसैंमा मासु खानु नखानु आफ्नो इच्छाको कुरा भएको बताएकी छिन् । उनले भनिन्, ‘मासु खानु नखानु आफ्नो इच्छाको कुरा नै हो । कसैले ‘किन नखाने’ भन्नु र कसैले ‘किन खाने, खान हुन्न’ भन्नु भन्दा पनि आफ्नो स्वविचारले जे भन्छ त्यही गर्नु।’
उनले सकेसम्म ‘पशु वली’ नहुनु राम्रो भन्दै बलिप्रथा बारे मुख खोलेकी छिन् । उनी अगाडि भन्छिन्, ‘यदि खानु हुन्छ भने पनि सामाजिक संजालमा नराखिदिनु भए धेरै राम्रो, सबैले हेर्न रुचाउँदैनन् ।’
उनले आफ्नो दसैं मासुरहित हुने बताएकी छिन् । उनी लेख्छिन्, ‘मेरो दशैँ चाहिँ मासु रहित नै हुनेछ, यहाँहरु सबैलाई दशैँको धेरै धेरै शुभकामना अनि अपार माया ।’
The post प्रियंका भन्छिन्- यसरी सामाजिक सञ्जालमै राखिदिनु भएन नि ! appeared first on Sajha Post.