Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘करिष्माले नयाँ शक्ति छाड्नुभएको छैन’

$
0
0

फाइल फोटो

काठमाडौं, २६ फागुन । नयाँ शक्ति पार्टी, नेपालले नेतृ तथा सदावहार नायिका करिष्मा मानन्धरले पार्टी छाडेको हल्लाको खण्डन गरेको छ ।

शनिबार सामाजिक सञ्जालमार्फत नयाँ शक्ति पार्टी, नेपालले करिष्माले पार्टी छाडेको हल्लालाई ‘भ्रामक हल्ला’ भनेको छ । ‘केही दिनयता केही सञ्चारमाध्यममा नयाँ शक्ति पार्टीकी नेतृ करिष्मा मानन्धर पार्टीको जिम्मेवारीबाट मुक्त भएको भन्ने भ्रामक प्रचार भइरहेकोले ध्यानाकर्षण भएको छ,’ नयाँ शक्तिले भनेको छ, ‘करिष्मा मानन्धर नयाँ शक्ति पार्टीको साँस्कृतिक विभाग प्रमुख हुनुहुन्छ ।’

कतिपय सञ्चार माध्यमले नयाँ शक्तिको सचिवालयमा करिष्मालाई नराखिएको भन्दै करिष्माले पार्टी छाडेको आशंका गर्दै खबर लेखेका थिए । नयाँ शक्तिले भनेको छ, ‘उहाँ पहिलेदेखि नै साँस्कृतिक विभाग प्रमुख हुनुहुन्थ्यो जुन अहिले पनि यथावत छ, उहाँको जिम्मेवारीमा कुनै हेरफेर गरिएको छैन ।’

मानन्धर नयाँ शक्तिको लुम्बिनी बैठकमा सहभागी भएकी थिइनन् । लुम्बिनी बैठकमा सहभागी हुन नसक्नुको कारणबारे उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘जिम्मेवारी लिन पाउनु सौभाग्यको कुरा हो तर मानिसको जीवनमा निभाउनु पर्ने जिम्मेवारी थुप्रै हुँदा रहेछन् । अनि चाहँदा चाहँदै पनि कतिपय अवस्थामा सबै जिम्मेवारी पुरा गर्न नसकिने रहेछ ।’ उनले केही कारणवश नयाँ शक्ति नेपालको संघीय परिषदको बिस्तारित बैठकमा उपस्थित हुन असमर्थ भएको भन्दै रंगशालाको ऊर्जा आफूमा कायम रहेको उल्लेख गरेकी थिइन् ।

उनले अगाडि लेखेकी थिइन्, ‘यो बैठकको वैचारिक मन्थनले नयाँ शक्ति जसले सम्पूर्ण नेपालीले देखेको समृद्धिको सपना पूरा गर्ने संकल्प लिएको छ, त्यो बाटोमा एउटा अर्को क्षितिज हेर्ने उचाईमा पुग्न सफल रहोस् । शुभकामना ।’

The post ‘करिष्माले नयाँ शक्ति छाड्नुभएको छैन’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles