Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

३५ लाख ठगीको आरोपमा कलाकार न्यौपाने पक्राउ

$
0
0

काठमाडौ, २४ फागुन । एक खुट्टाकै भरमा नाच देखाएर चर्चा बटुलेकी कलाकार रोमा न्यौपाने पक्राउ परेकी छिन् । ठगी मुद्दामा फरार न्यौपानेलाई काठमाडौं प्रहरीले बिहिबार पक्राउ गरेको हो ।

न्यौपानेविरुद्ध कोहीनूर बस्नेत, ससैना रञ्जितकार र धनेश्वरी रञ्जितकारले साढे ३६ लाख रुपैयाँ ठगी गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर त्यसैमार्फत नै भीएडी नेपाल लघुवित्त कार्यक्रम नामको सहकारी अनुमतिबिना चलाई लाखौं रुपैयाँ ठगी गरेको आरोप उनीमाथि छ ।

रोमाका श्रीमान् चिरञ्जीवी पोख्रेललाई यसअघि नै काठमाडौं जिल्ला अदालतले ठोसी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो
रोमा भने अदालतको म्याद तामेल नगरी बसेकी थिइन् । अदालतको बयानमा पनि सामेल नभई उनी २०७३ सालमा फरार भएकी थिइन् ।

The post ३५ लाख ठगीको आरोपमा कलाकार न्यौपाने पक्राउ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles