Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

नेपाल आईडल-२ को अडिसन शुरु हुँदै, कहाँ र कहिले हुँदैछ ?

$
0
0

काठमाडौं, २१ फागुन । अन्तर्राष्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो ‘नेपाल आईडल’ पहिलो सिजनको सफलतापछि यसको दोस्रो सिजनको लागि मिति र स्थान सार्वजनिक भएको छ । केही समयअगाडि दोस्रो सिजन घोषणा गरेको एपिवान टेलिभिजनले अडिसन मिति र स्थान पनि सार्वजनिक गरेको हो ।

पहिलो सिजनमा देशभर ७ मुख्य शहरबाट उत्कृष्ट स्वर भएकाहरूले मौका पाएका थिए भने दोस्रो सिजनमा देशभर ६ शहरबाट उत्कृष्ट स्वर भएकाहरू छानिने छन् ।

आउँदो चैतमा भैरहवाबाट अडिसन हुने दोस्रो सिजनमा धेरैभन्दा धेरैले उत्साहजनकरुपमा सहभागिता जनाउने विश्वास लिईएको छ । पछिल्लो समय निकै लोकप्रिय क्यामेरा फोन ओप्पोले यसकाे मुख्य प्रायोजन गर्ने भएकाे छ । पहिलो सिजनमा पनि ओप्पो नै मुख्य प्रायोजक रहेको थियो ।

The post नेपाल आईडल-२ को अडिसन शुरु हुँदै, कहाँ र कहिले हुँदैछ ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles