Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

श्रीदेवीको मृत्युको पूर्व आभाष थियो अमिताभलाई, यस्तो थियो ट्वीटर स्ट्याटस

$
0
0

एजेन्सी, १६ फागुन । मंगलवार राती दुबईबाट स्वदेश फिर्ता ल्याइएको अभिनेत्री श्रीदेवीको शवलाई अन्तिम श्रद्धाञ्जली लागि सेलिब्रेशन क्लबमा राखिएको छ । उनको अन्तिम श्रद्धाञ्जलीका लागि बलिउड कलाकारहरु साथै धेरै फ्यानहरु पनि त्यहाँ पुगेका छन् ।

मंगलबार राती नै श्रीदेवी शवलाई श्रद्धाञ्जली दिन उनको घर ग्रिन एकर्स पुगेका अभिनेता अभिताभ बच्चनले आफ्नो भावनालाई ट्वीट गरेका छन् । उनले यससँग गरेर दोस्रो पटक ट्वीटरमा,‘ गेट ब्याक गेट ब्याक जस्ट गेट ब्याक टु लभ’ लेखेका छन् ।

यस अघि उनले ट्वीटरमै ‘गेट ब्याक टु लभ इट इज द अन्ली सस्टेनेबल’ लेखेका थिए । तर उनले स्ट्याटसलाई श्रीदेवीको मृत्युको खबर आउनु अघि ट्वीट गरेका थिए । अमिताभले रातको १ बजेर १५ मिनेटमा त्यस्तो स्ट्याटस ट्वीट गरेको केही घण्टा पछि फिल्मफेयरले श्रीदेवीको मृत्युको खबर सार्वजनिक गरेको थियो । त्यस स्ट्याटसलाई पढ्दा अमिताभलाई श्रीदेवीको मृत्युबारे पहिले नै आभाष भएको भन्ने लाग्छ । उनको ट्वीटर स्ट्याटसबाट कतै न कतै श्रीदेवीको मृतयुको अमिताभलाई पूर्व आभाष भएको बुझ्न सकिन्छ ।

श्रीदेवी र अमिताभले ८० को दशकमा धेरै फिल्महरुमा स्क्रिन सेयर गरेका थिए । पछिल्लो पटक यी दुईलाई श्रीदेवीले कमब्याक गरेको फिल्म ‘इंग्लिश विंग्लिशमा साथ देखिएको थियो । श्रीदेवीको निधनपछि अमिताभले आफ्ना सम्पूर्ण शेड्युललाई पनि क्यान्सिल गरेका छन् ।

The post श्रीदेवीको मृत्युको पूर्व आभाष थियो अमिताभलाई, यस्तो थियो ट्वीटर स्ट्याटस appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles