एजेन्सी, १६ फागुन । संञ्जयलिला भंन्सालीको निर्देशनमा रणवीर सिंह र दीपिका पादुकोणको अभिनयमा ३ वटा सुपरहिट फिल्म बनीसकेका छन्।
भर्खरै रिलिज भएको ‘पद्मावत’ले आजसम्मका उनका फिल्मले पाएको सफलतालाई माथ दिएपछि उनी थप चर्चामा छन्।
फिल्ममा रणवीर र दीपिकाको कामले पनि चौतर्फी तारिफ पाएको छ। यो फिल्मको सफलतापछि अब भन्साली अर्को प्रोजेक्टको लागि खाका कोर्दै छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक भन्सालीले रणवीर र दीपिकालाई अर्को ३ फिल्मका लागि साइन गराइसकेका छन्।
भारतीय सञ्चार माध्यमकोअनुसार भन्सालीले कामप्रति उनीहरुको समर्पण देखेर आफ्नो फिल्ममा आबद्ध गराउन लागेका हुन्।अब उनीहरुको आगामी ६ वर्षे यात्रा लागि भन्सालीसँगै तय भएको छ।
The post बाठा संजयलिला भंसाली ! appeared first on Sajha Post.