Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सलमान खानविरुद्ध विप्लब माओवादीले आन्दोलन गर्ने

$
0
0

काठमाडौं, १५ फागुन । नेत्रविक्रम चन्द विल्पव नेतृत्वको नेकपा माओवादीले भारतीय नायक सलमान खानको विरोध गरेका छन् । सलमान खान नेपाल आउने कार्यक्रम तय भएलगत्तै उनी नेपाल विरोधी भएको भन्दै सलमानको कार्यक्रमलाई असफल पार्ने नेकपा माओवादीले जनाएको छ ।

विप्लव माओवादीसम्वद्ध अखिल नेपाल जनसाँस्कृतिक महासंघले सोमबार सलमानको कार्यक्रमविरुद्ध औपचारिक रुपमा वक्तव्य जारी गर्ने र त्यो गर्दा पनि कार्यक्रम स्थगित नगरिए आन्दोलनको घोषणा गर्ने जनाएको छ ।

महासंघका महासचिव खेम थपलियाले नेपाल र नेपालीको दुःखमा सहानुभूतिसमेत प्रकट नगर्नेलाई ल्याएर नेपालमा कार्यक्रम गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । उनले भारतीय कलाकारलाई कार्यक्रममा ल्याउनु भनेको नेपाली कलाकारहरुलाई उपेक्षा गर्दै नेपालविरोधीहरुलाई नचाउने कुरा आफूहरुलाई अमान्य रहेको बताए ।

मदिराको प्रोमोशनका लागि दशौं हजारको टिकट बेचेर नेपालमा सलमानको कार्यक्रम गर्ने कुरा विप्लव माओवादीले अमान्य नहुने बताएको छ । विप्लव माओवादीले नेपालमा कर तिर्न नसक्नेले भारतीय कलाकारलाई करोडौं रुपैयाँ तिरेर कसरी कार्यक्रम गर्न सक्छ भन्दै गोर्खा ब्रुअरीको नियतमाथि प्रश्न उठाएको छ ।

बहुराष्ट्रिय कम्पनी कार्सबर्गको लगानी रहेको गोर्खा ब्रुअरीले आफ्ना वियरहरुको प्रवद्र्धनका लागि सलमानसहित आधा जर्दन भारतीय कलाकारलाई ल्याएर सैनिक मंच टुँडिखेलमा कार्यक्रम आयोजना गर्न लागेको हो । त्यसका लागि उसले सलमानलाई मात्रै ११ करोड रुपियाँ भन्दा बढि खर्च गर्न लागेको छ।

नेपालका विवादास्पद व्यवसायी राजेन्द्र खेतानको समेत केही लगानी रहेको गोर्खा ब्रुअरीले कर नतिरेको विषयमा उक्त कम्पनी र कर कार्यालयलाई यही फागुन १५ गते सर्वोच्च अदालतले बोलाएको छ ।

The post सलमान खानविरुद्ध विप्लब माओवादीले आन्दोलन गर्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles