Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलिउड नायिका श्रीदेवीको मृत्यु

$
0
0
श्रीदेवी

 

एजेन्सी । बलिउड नायिका श्रीदेवीको निधन भएको छ । उनको हृदयघातको कारण निधन भएको हो । यसको पुष्टी श्रीदेवीका देवर सन्जय कपुरले गरेका हुन् ।

श्रीदेवीको अचानक मृत्युको खबरले बलिउड जगतका प्रसंशक स्तब्ध भएका छन् ।

श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो ।

निधनको पुष्टी गर्दै श्रीदेवीकी देवर सन्जयले भने ‘हो उनको निधन भएको हो । सोही घटनाको कारण म दुबाई आएको हुँ’

घटना शनिबार राति स्थानीय समयअनुसार ११ बजेदेसी साढ् ११ बजेको बीचमा भएको हो । निधनको समयमा श्रीदेवीको साथमा उनको पति बोनी कपुर तथा छोरी खुसी रहेकी थिइन् ।

कपुर परिवारको सम्पूण सदस्य यतिखेर दुबाईमा रहेका छन् । उनीहरु मोहित मार्वाको विवाहको लागि दुबाई पुगेका थिए ।

फिल्मी करिअरको शुरुवातमा श्रीदेवीले तामिल, तेलेगु, मालायालाम तथा कानन्द फिल्म उद्योगमा काम गरेकी थिइन् । उनले सन् १९७५ मा पहिलो पटक बलिउड फिल्म खेलेकी थिइन् । बच्चाको भूमिकामा उनी ‘जुली’ फिल्ममा देखिएकी हुन् । उनी भारतको ठूलोमध्यको एक कलाकार हुन् ।

उनले चारतको चर्चित अवार्ड पद्माश्री (सन् २०१३) पनि पाइसकेकी छिन् ।

The post बलिउड नायिका श्रीदेवीको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles