Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

प्रचार–प्रसारका लागि देश दौडाहा ‘मंगलम्’टिम

$
0
0

गएको वर्ष ‘किस्मत २’ लिएर आएकी अभिनेत्री शिल्पा पोख्रेल यो वर्ष ‘मंगलम’ लिएर आउँदैछिन् । निर्माता छविराज ओझाको ब्यानरमा भित्रिएपछि शिल्पाले यो वर्ष पनि सफलता पाउनेमा विश्वस्त छिन् ।

अत्याधिक चर्चित गीत ‘पर्ख पर्ख मायालु’ बोलको गीतका कारण पनि बक्स अफिसमा हिट हुने अनुमान लगाइएको फिल्म ‘मंगलम’ यही फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको छ ।

चलचित्रको प्रदर्शनको मिति नजिकिएसँगै चलचित्र टिमले भने प्रदर्शनलाई तिव्र पारेको छ । प्रचार–प्रसारलाई आक्रामक बनाउन फिल्मको टिम मोफसल यात्रामा निस्केको छ ।

निर्माता छविराज ओझा, निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्का लगायतको युनिटले पूर्वको धरानबाट प्रचारलाई तिब्रता दिएको हो ।

फिल्म युनिट धरानबाट इटहरी, दमक, बिर्तामोड, चितवन, हेटौँडा हुँदै पोखरा पुग्ने कार्यक्रम रहेको छ । नवल नेपाल निर्देशित फिल्मले पारिवारिक प्रेम कथालाई बोलेको छ । फिल्ममा शिल्पा, पुष्पसँगै नायक पृथ्वीराज प्रसाईँ, नीर शाह, मिथिला शर्मा मुख्य भूमिकामा छन् भने, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह केमियो भूमिकामा छिन् । चलचित्रमा विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ । फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् ।

The post प्रचार–प्रसारका लागि देश दौडाहा ‘मंगलम्’ टिम appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles