Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

श्रीमान् श्रीमती बनेर दीपिका र इरफान नेपाल आउने

$
0
0

काठमाडौं, ७ फागुन । चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता इरफान खान नेपाल आउने भएका छन् । फिल्म ‘रानी’ को शुटिङका क्रममा श्रीमान् श्रीमती बनेर उनीहरु आगामी मार्च ५ तारिख नेपाल आउने भएका छन् ।

पादुकोण सञ्जयलिला भन्सालीको ‘पद्मावत’को सफलतासँगै विशाल भारद्वाजको फिल्म ‘रानी’मा दीपिका लेडी डन बन्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

माफिया क्वीन रहीमा खान उर्फ सपना दिदीको जीवनमा आधारित उक्त फिल्म ‘रानी’मा दीपिका र इरफान मुख्य पात्र रहनेछन् । दीपिका सपना दिदीको भूमिकामा देखिने छिन भने इरफानले सपना दिदीको पतिको रुपमा ग्याङ्गस्टारकै भूमिका निर्वाह गर्नेछन् ।

सपना दिदी १९८० को दशकमा मुम्बईकी माफिया डन थिइन् ।

The post श्रीमान् श्रीमती बनेर दीपिका र इरफान नेपाल आउने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles