Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

जब निर्देशकले इलियाना डिक्रुजको आकर्षक कम्मरमा नरिवल खसाले …

$
0
0

एजेन्सी, ७ फागुन । तेल्गु फिल्मबाट आफ्नो अभियन यात्रा सुरु गरेकी बलिउड अभिनेत्री इलयाना डीक्रुजले आफ्नो करियरको शुरुवाती दिनहरुका केही सनसनीपूर्ण वास्तविकताको खुलासा गरेकी छिन् ।

इलियानाले आफ्नो एउटा अन्तरवार्तामा फिल्ममेकरहरु सधै एक्ट्रेसहरुबाट सुन्दरता खोज्ने बताइन् । उनले साउथ फिल्म इण्डस्ट्रीमा कदम राखेको शुरुवाती समयमा फिल्म कसरी बन्छन् भन्ने कुरा आफुलाई थाहा नभएको बताइन् । फिल्मको पहिलो सिनमा नै स्लो मोशनमा आफ्नो कम्मरमा एउटा ठूलो नरिवल झारिएको इलियानाले सुनाइन् । नरिवल आफ्नो कम्मरमा किन झारिएको भनेर प्रश्न गर्दा निर्देशक उनको कम्मर एकदमै आकर्षक भएको र त्यसले धेरैको ध्यान आकर्षण गर्नसक्ने बताएका थिए ।

त्यसपश्चात इलियानाको कम्मरमा धेरै सिनहरु शुट गरिएको थियो जसकारण आफुले धेरै असहज महसुस गरेको उनले सुनाइन् ।

आफुलाई धेरै साउथ फिल्मका अफरहरु आएको र पैसाका लागि आफुले ती सबै गर्ने गरेको पनि उनले अन्तरवार्तामा भनिन् । तर आफ्नो सातौं फिल्मपछि इलियानाले ती सबै कुरा अब पुनः नगर्ने निर्णय लिइन् र ‘बर्फी’ फिल्मबाट बलिउडमा डेब्यु गरिन् ।

फिल्म इण्डस्ट्रीमा करिब ११ वर्षको संघर्षपछि अभिनेत्री इलियाना डिक्रुज यसरी स्थापित भएकी छिन् अब उनलाई पहिचानको लागि अन्य कुनै कुराको सहारा आवश्यक छैन । इलियाना चाँढै अजय देवगनको साथमा फिल्म ‘रेड’ मा देखा पर्दैछिन् ।

The post जब निर्देशकले इलियाना डिक्रुजको आकर्षक कम्मरमा नरिवल खसाले … appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles