एजेन्सी, १७ माघ । भारतको राजनीतिक ग्ल्यामरमा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिरनको खूब चर्चा हुने गर्छ । तर अहिले भारतीय सञ्चार माध्यमहरुमा नरेन्द्र मोदीको पहिरनको चर्चालाई भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीको पहिरन चर्चाले प्रतिस्थापन गरेको छ ।
नागाल्याण्डमा विधानसभाको चुनाव नजिकिदैँ गर्दा मंगलबार कांग्रेस पार्टीले मेघालयका युवाहरुका लागि आयोजना गरेको एउटा सांगीतिक कार्यक्रममा राहुल गान्धी उपस्थित थिए । निलो डेनिम जिन्स र कालो ज्याकेट लगाएका राहुलमाथि त्यहाँ उपस्थित सबैको ध्यान खिचिँएको थियो ।
ध्यान खिच्ने कारण राहुलको व्यक्तित्वभन्दा पनि उनले लगाएको कालो ज्याकेट थियो । जसको बजार मूल्य ७० हजार भारतीय रुपयाँ रहेको खबर हाल सञ्चार माध्यमहरुमा चर्चामा छ ।
उक्त ज्याकेटको विषयलाई लिएर भारतीय जनता पार्टी मेघालयले ‘ब्ल्याक मनि’ को साथ सुटबुटमा सरकार भन्दै आलोचना गरेका छन् । यसबाट राज्य सरकारमा कति भ्रष्टचार हुन्छ भनेर आंकलन गर्न सकिने उनीहरुले आरोप लगाएका छन् ।
उक्त कार्यक्रममा करिब ५ मिनेट बोलेका राहुलमाथि टिप्पणी गर्दै भाजपाले ट्वीटरमा लेखेको छ, ‘हाम्रा गल्तीहरु गन्नुको सट्टा तपाईलाई मेघालयको नाकाम सरकारको रिपोर्ट कार्ड दिनुपर्छ ।’ उसले यससँगै राहुलको वास्तविकता पनि सामुन्ने आएको बताएको छ ।
राहुलले लगाएको उक्त ज्याकेट ‘ब्रिटिश लग्जरी फेशन ब्राण्ड’को बराबरीमा रहेको छ । ब्लुमिगंडेल नामको एउटा वेभसाइटले उक्ट ज्याकेटको मुल्य ६८ हजार १४५ भारतीय रुपयाँ रहेको बताएको छ । तर भाजपाले भने त्यसको मूल्य ७० हजार भएको दावी गरेको छ ।
२७ फेब्रवरीमा मेघालयमा विधानसभाको चुनाव हुदैँछ । त्यसको नतिजा ३ मार्चमा आउने बताइएको छ । उक्त क्षेत्रमा कांग्रेसले १५ वर्षदेखि कब्जा गर्दै आएको छ ।
The post मोदी पहिरनलाई पछि पार्दै चर्चामा राहुल गान्धीको ‘कालो ज्याकेट’, यस्तो छ कारण appeared first on Sajha Post.