Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

नयाँवर्ष देखि सुरज र स्वस्तिमाको ‘लभ लभ लभ’

$
0
0

काठमाडौं, १६ असोज । दिपेन्द्र के.खनालको निर्देशनमा बनेको फिल्म ‘लभ लभ लभ’ ०७४ सालको बैशाख १ गतेदेखि सार्वजनिक हुँदैछ । शनिबार साँझ पत्रकार भेटघाट गर्दै फिल्म निर्माण कम्पनी सुरज सिन आर्टस्ले फिल्मको रिलिज मिति बैशाख १ गतेलाई तय गरेको हो ।

love-love-love

फिल्मका निर्देशक तथा लेखक खनालले भने, ‘दशैं पछि हामी प्रचारात्मक साम्रागी पनि सार्वजनिक गर्नेछौं, साथै याे पूर्ण लभ स्टोरी फिल्म हो ।’ छायाँकन सकेर पोस्ट प्रोडक्सनमा गएको फिल्ममा गीत मात्रै चार वटा रहेको निर्देशक खनालले जानकारी दिए । ‘लभ लभ लभ’ मा नायिका स्वस्तिमा खड्का र नव नायक सुरज पाण्डेको मुख्य अभिनय देखिनेछ ।

स्वस्तिमा र सुरजका अलवा फिल्ममा  रमेश बुढाथोकी, रुपा राणा, देशभक्त खनाल ए.गुरुङ, आयान खड्का र गणेश मुनाल लगायतले अभिनय प्रस्तुत गरेका छन् । फिल्म ‘लभ लभ लभ’ मा सर्मिला पाण्डेको लगानी रहको छ भने निरज कँडेलले खिचेका हुन् ।

The post नयाँवर्ष देखि सुरज र स्वस्तिमाको ‘लभ लभ लभ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles