Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

९ वर्षमा बलत्कार, १४ वर्षमा गर्भवती, अहिले बनिन् अरबपति

$
0
0

काठमाडौं, १५ माघ । अन्तरवार्ताको कार्यक्रम सञ्चालिका, प्रोड्युसर र नायिका ओप्रा विन्फ्रे ६४ वर्षकी भइन् । २९ जनवरी १९५४ मा किजिस्को, मिसिसिपी, युनाइटेड स्टेट अमेरिकामा जन्मिएकी ओप्राको जीवन हरेक मानिसका लागि सन्देशमुलक र प्रेरणादायी बन्न सक्छ । अहिले उनी अमेरिकाको धनी मानिसको सूचिमा पर्दछिन् । उनी करिब १८ हजार करोड रुपैयाँको मालिक हुन् । तर धेरै मानिसलाई उनको जीवनको उतारचढावको बारेमा थाहा नहुन सक्छ । उनको बाल्यकाल गरिबी र संघर्षबाट गुज्रिएको थियो । यहाँ उनको जीवनका केही उतारचढावमय घटनाक्रमहरु प्रस्तुत गरिएको छ-

ओप्राको जीवनमा कयौं यस्ता घटनाहरु घटे, जसले मानिसलाई संकटग्रस्त बनाउन सक्छ । उनीसँग अहिले सम्पत्ति, सुख ऐस र आरामका हरेक कुरा छन् । उनको वास्तविक नाम हो ‘ओरफा’ । तर मानिसहरु उनको गलत नामले बोलाउन थाले ‘ओप्रा भनेर । आज पनि उनको नाम संसारभर त्यही रहेको छ । उनी काला जातिको महिला हुन्, जसले संसारभरीका अरबपतिबीच आफ्नो स्थान बनाउन सफल भइन् ।

करोडौं सम्पत्तिका मालिक ओप्रा मोन्टेसिटो क्यालिफोर्नियामा ४२ एकड जग्गामा फेलिएको आफ्नो सुविधासम्पन्न निवासमा बस्छिन् । यसको साथै उनीसँग न्यू जर्सी, कोलोराडो, हवाई, शिकागो, फ्लोरिडामा पनि आलिशान बंगलाहरु छन् ।

एकल महिलाकी छोरी हुन् ओप्रा
कमै मानिसलाई थाहा छ कि ओप्रा एक यस्ती महिला वेर्निताकी छोरी हुन्, जसले बिवाह नै नगरी एक्लै छोरी जन्माएर उनको हेरचाह गरिन् । उनको पिताको नाम वेरनन विन्फ्रे हो । ओप्रा जन्मिएपछि उनकी आमा उनलाई लिएर आफ्नो आमाको घरमा गइन् । जहाँ आमासँगै गरिबीमा उनले ओप्रालाई ६ वर्षसम्म स्याहारिन् ।

बाल्यकालमै यौन शोषण
ओप्राको बाल्यकाल अत्यन्तै गरिबीमा बित्यो । भनिन्छ, ६ वर्षको उमेर त उनले एकजोर चप्पल लगाउने सपना पूरा नगरेरै बाँचिन् । उनले एउटा अन्तर्वार्ताको क्रममा खुलासा गरेकी थिइन् कि जब उनी ९ वर्षकी भइन्, त्यतिनै बेला उनलाई परिवारकै कसैले बलत्कार गर्‍यो ।

१४ वर्षमा गर्भवती
४ वर्षसम्म लगातार यौन शोषण भइरह्यो । उनले घरबाट भाग्ने फैसला गरिन् र १३ वर्षको उमेरमा उनी घरबाट भागिन् । यौन शोषणका कारण उनी १४ वर्षकै उमेरमा गर्भवती भएकी थिइन् । यद्यपि जन्मिएपछि उनको छोरोलाई मृत्यूले निल्यो ।

पहिलो पटक टिभीमा देखिँदा …
१९८६ मा उनी पहिलोपटक अमेरिकाको नेशनल टिभीमा ‘द ओप्रा विन्फ्रे शो’ को कार्यक्रम प्रस्तोताको रुपमा देखिइन् । उक्त शो यति धेरै लोकप्रिय भयो कि ओप्रा तत्काल सेलिब्रेटीको सूचिमा समाहित हुन सफल भइन् । उक्त कार्यक्रममा उनले संसारभरीका चर्चित हस्तीहरुको अन्तरवार्ता लिइन् ।

प्रतिभाशाली ओप्रा
ओप्राको कार्यक्रम प्रस्तुतीबाट सबैले महसुस गर्दछन् कि उनी एक राम्रो कार्यक्रम प्रस्तोता हुन् । साथमा उनी नायिका, लेखिका, निर्मातको रुपमा पनि आफ्नो पहिचान बनाउन सफल भएकी छन् । उनले अहिलेसम्म पाँच पुस्तक लेखिन्, उनको म्यागजिन ‘ओ’ पनि एकदमै चर्चित छ । हलिउठमा कयौं फिल्महरुमा उनले अभिनय गरेकी छन् । यसको साथै उनको आफ्नो वेबसाइट oprah.com पनि छ ।

अझै भएको छैन विवाह
ओप्राको सबैभन्दा पहिला स्कूलमा प्रेम भयो । उनको पहिलो प्रेम थिए अंथोनी ओटी । दुवैले एक दोस्रोलाई हजारौं प्रेमपत्रहरु लेखे । दुवै एकअर्कासँग विवाह पनि गर्न चाहन्थे । तर ओटीलाई लाग्यो कि ओप्रालाई जीवनमा धेरै कुरा चाहिन्छ, जुन आफूले दिन सक्दैनन् । यसर्थ ओटीले भ्यालेन्टाइन डे को दिन नै प्रेम सम्बन्ध तोडिदिए ।

केही महिनापछि ओप्राको विलियम्स टेलरसँग प्रेम भयो । तर, यो प्रेम पनि लामो समयसम्म चलेन । एक अन्तर्वार्तामा ओप्राले टेलरको प्रेम जिन्दगीभर बिर्सन नसक्ने बताएकी छिन् । १९७० मा ओपरा, जन टेसको साथ सम्बन्धमा रहिन् । बायोग्राफर किटी कैलीका अनुसार टेसको सम्बन्ध अरुसँग पनि थियो, यसकारण दुवै अलग भए । यसपछि ओप्रा अरु केही केटाहरुसँग सम्बन्धमा रहिन् । तर, अहिलेसम्म विवाह कसैसँग पनि हुन सकेको छैन ।

के गर्दैछिन् अब ओप्रा

‘द ओप्रा विन्फ्रे शो’को सञ्चालन गरेपछि अब उनी आफैं निर्माण गृह हार्पो प्रोडक्शन चलाइरहेकी छन् । यसको अध्यक्ष र सिईओ उनी आफैं हुन् । यसको साथै, ‘ओप्रा विन्फ्रे नेटवर्क’ को पनि उनी अध्यक्ष, सिइओ र सिसिओ आफैं रहेकी छन् ।

The post ९ वर्षमा बलत्कार, १४ वर्षमा गर्भवती, अहिले बनिन् अरबपति appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles