Image may be NSFW.
Clik here to view.
एजेन्सी, १५ माघ । निर्देशक सञ्जय लिला भंसालीको फिल्म ‘पद्मावत’ ठूलो विरोधको बीच रिलिज भएको छ । यस फिल्मले चार दिनमा करीब सय करोड कमाउन सफल भएको छ । फिल्मको प्रमुख भूमिका मुगल शासक अलाउद्दीन खिलजीको अभिनय गरेका रणवीर सिंहको चर्चा चुलिएको छ ।
उनले खिलजीको भूमिकालाई एकदमै राम्रोसँग निभाएको फिल्मका दर्शकहरुले बताएका छन् । उनको भूमिकासँगै फिल्ममा देखिएको उनको लुक्स र स्टाइलको पनि खुब चर्चा भएको पाइन्छ । तर रणवीरले आफ्नो एउटा अन्तरवार्तामा ति सिनहरु गर्न आफुलाई एकदमै गाह्रो भएको बताएका छन् । उनले सुटिङको दौरान कतिपय दृश्यहरु गरिसकेपछि आफूले वान्ता गर्ने गरेको पनि बताएका छन् ।
उनले सुटिङको समयमा एकदमै धेरै शारीरिक चुनौतीहरुको सामना गर्नु परेको बताएका थिए । उनलाई सुटिङको क्रममा कहिले निर्देशकले कट भन्छन् र वान्ता गर्नुजस्तो आफुलाई महसुस हुने गरेको बताए ।
यस फिल्मको सुटिङ मेको गर्मी महिनामा गरिएको थियो । त्यस समय तापाक्रम ४५ डिग्री सेल्सियस भएको र सुटिङ गर्न एकदमै समस्या भएको उनले बताए । त्यस्तो गर्मीमा आफुले १२ किलोग्रामसम्मको कपडा लगाउनुपरेको उनको अनुभव छ । धेरै सिनहरुमा उनले कुद्नु परेको बताए । कुदिरहेको समयमा कट भनिँदा आफ्ना आँखा अघि केहि देखा नपर्ने र बेहोसीको अवस्थामा आफु पुग्ने गरेको पनि उनले बताए । साथै होसमा आएपछि पुनः दृश्यका लागि आफु उपस्थित हुने गरेको अनुभव उनले सुनाए । ‘पद्मावत’ मा धेरै यस्ता सिनहरु थिए जसका कारणले रणवीर बाहेक फिल्मकी अभिनेत्री दिपिका पनि धेरैपटक मानसिकरुपमा विक्षिप्त भएको बताइन्छ ।
रणवीरले त्यस्तो प्रतिकूल अवस्थाको बावजुद पनि फिल्म रिलिज भएर सफल भइरहेकोमा खुशी व्यक्त गरे ।
The post ‘पद्मावत’का त्यस्ता दृश्य जसलाई दिएपछि बान्ता गर्दथे रणवीर सिंह appeared first on Sajha Post.