फाईल फाेटाे
काठमाडौँ । गायिका एवं संचारकर्मी कोमल वली अब गायिका मात्र रहिनन्, उनी राष्ट्रिय सभा सदस्य पनि हुन् । राष्ट्रिय सभा सदस्यका लागि उनले दिएको उम्मेदवारी निर्विराेध भएपछि वली राष्ट्रिय सभा सदस्य बनेकी हुन् । तापनि निर्वाचन आयोगले वली निर्विरोध भएको घोषणा गर्न बाँकी छ ।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य बनेकी वली एमाले पंक्तिबाटै सामाजिक सञ्जालमा आलोचनाको पात्र भईरहेका बेला उनले गीतमार्फत देश विकासका कुरा सार्वजनिक गरेकी छिन्, ‘शून्य भयो गाउँ र घर, गर्नै छाडे खेती, युवा वर्ग विदेश पस्ने, धनी वर्ग शहर बस्ने, यो चालले देश विकासमा पुग्छ ठूलो क्षति ।’
गायक तथा संगीतकार राजकुमार बानियाँको गीतमा वलीसँगै पशुपति शर्मा र स्वयं बानियाँको स्वर रहेको छ । तीनैजनाले अभिनय गरेको गीतमा गाउँको विकास, राेजगारी सिर्जना गर्नुपर्ने र त्यहाँ रहेका निराशा हटाउनुपर्ने कुरा समेटिएका छन् । यसका लागि सबै एकजुट हुनुपर्ने उल्लेख गरिएको छ ।
जलेश्वरी म्युजिकले बजारमा ल्याएको उक्त गीतमा दुर्गा पौडेलको निर्देशन रहेको छ ।
The post कोमल वली भन्छिन् – चाहिन्छ अब गाउँ गाउँमा रोजगारी…(भिडियोसहित) appeared first on Sajha Post.