एजेन्सी, ९ माघ । फुकरे रिटन्र्सका काम गरेका अभिनेता अली फजल र ऋचा चड्ढा अहिले डेटमा छन् । यी दुबै एक बर्षदेखि रिलिेसन सिपमा रहेका छन् । छिट्टै बिबाह गर्नसक्ने मिडियाले समाचार बनाएका छन् । वेनिस फिल्म फेष्टिभलमा पनि दुबै हात समाउदै एकसाथ देखिएका थिए । २०१३ को चलचित्र पुकरेमा ऋचाले पंजाबी केटीको र अलीले जफर भाइको भुमिका निर्बाह गरेका थिए ।
मिलिन्द सोमण र अंकित कोंवर
क्याप्टन ब्योनका नामबाट चिनिएका मिलिन्द आफुभन्दा आधी उमेरकी गलफेण्ड अंकित कोन्वरसँग बिबाह गर्न सक्नेछन् । यी दुबै गत एक बर्ष देखि एक अर्काको डेटमा रहेका छन् । यी दुबैले यसै बर्ष बिबाह गर्ने जनाइएको छ । मिलिन्द अंकितको परिवारसन्ग पनि नजिक रहेका छन् ।
रुबिना दिलाइक र अभिनव शुल्का
टिभी सिरियल किन्नर बहुकी रुबिना दिलाइक लामो समयदेखि ब्वाइफ्रेण्ड अभिनव शुक्लाको डेट गरिरहेकी छन् । गतबर्षको दिवाली पनि यी दुबैले एकसाथ मनाएका थिए । यी दुबैको पहिलो भेट एक गणेश पुजामा भएको थियो ।
दीपिका कक्कड र शोएब इब्राहिम
२०१३ देखी दीपिका र शोएब डेटमा रमाउदै आएका छन् । दुबैले छिट्टै बिबाह गर्न सक्नेछन् । केही पहिले कार्यक्रम नच बलिएको सेटमा शोएबले दीपिकाको पारिवारकै अगाडि बिबाहको प्रस्ताव राखेका थिए । २०१३ मा रौनक मेहतासँग प्रेम बिबाह गरेकी दीपिकाले २०१५मा बिबाह तोडेकी थिइन् ।
हिना खान र रोकी जायसवाल
बिसबोस ११ की प्रतियोगी हिना खान ब्वाइफ्रेण्ड रोकी जयसवालका साथ लामो समयदेखि डेटमा छिन् । दुबै फेब्रुरीमा ताज महल पुगेका थिए । सो अवसरमा जमेर तस्बिर सुट समेत गराएका थिए । यी दुबै टिभी शो ये रिश्ता क्या कहलाता हैको सेटमा भेटिएका थिए । हिना यस शोकी मुख्य अभिनेत्री हुन् । रोकी शोका कार्यकारी निर्माता हुन् ।
प्रिंस नरुला र युविका चौधरी
बिग बोस सिजन ९ की बिजेता प्रिन्स नरुला छिट्टै गलफ्रेण्ड युविका चौधरीका साथ बिबाह गर्दैछन् । रियालटि शोको दौरानमा यी दुबैको बिबाहको कुरा बाहिर आएको हो । प्रिन्स र युविका एक अर्काको लागि निकै सिरियस रहेका छन् ।
The post विवाह गर्दैछन् बलिउडका यी जोडीहरु appeared first on Sajha Post.