Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘साली कसको भेनाको’मा विल्सनविक्रम राईसँग सुष्मा कार्कीको रोमान्स

$
0
0

काठमाडौं, १ माघ । चलचित्र ‘साली कसको भेनाको’ निर्माण हुने भएको छ । यस अघि कर्जा ,कान्छी ,सन्तान जस्ता सफल चलचित्र निर्माण गरिससकेका चितवनका पुराना निर्माता प्रसाद श्रेष्ठको प्रस्तुति रहने ‘साली कसको भेनाको’ लाई भद्र भुजेलले निर्देशन गर्ने भएका छन् ।

माघ २ गते चितवनमा शुभ मुर्हत गरेर छायांकन सुरु गरिने ‘साली कसको भेनाको’ को छायांकन चितवन र धम्पुसमा गरिने छ । कलाकार पुष्प आचार्यको कथा रहेको यस चलचित्रमा प्रसाद श्रेष्ठ ,सुरज शाही ठकुरी र मिन घलानको संगीत रहने छ ।

चलचित्रमा विल्सन विक्रम राई , सुष्मा कार्की ,मरिष्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा ,कविता आले, पुस्कर गुरुङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ । यसै चलचित्र बाट दीपा सागरले नायकको रुपमा डेब्यु गर्दैछन् ।

मानविय समवेदना माथि निर्माण गरिन लागिएको ‘साली कसको भेनाको’ कमेडी तथा पारिवारिक चलचित्र रहेको बताइएको छ । चलचित्रमा मगर जतिको संस्कृतिमा साली र भेना बीचको सम्बन्धलाई देखाउन खोजिएको छ ।

दिर्घ गुरुङको छायांकन रहने यस चलचित्रमा वसन्त श्रेष्ठ, गम्भीर बिष्ट र सुमित लामाको नृत्यनिर्देशन रहने छ । चलचित्र ‘साली कसको भेनाको’ लाई सुनिल कुमार न्यात्स्यो , विशाल श्रेष्ठ , उमेश अधिकारी र मुक्ति अधिकारीले मिलेर निर्माण गर्न लागेका हुन्।

The post ‘साली कसको भेनाको’ मा विल्सनविक्रम राईसँग सुष्मा कार्कीको रोमान्स appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles