एजेन्सी, ३० पुस । सेलिब्रेटि क्रस नभएका मानिसहरु सायदै होलान् । कुनैपनि सेलिब्रेटि या ठूलो पर्दामा उनीहरुको भूमिकालाई देखेर प्रेरित हुनु एकदमै स्वभाविक कुरा हो । कुनै समय उनीहरुको सुन्दरता त कुनै समय उनीहरुले खेलेको भूमिकाले सबैभित्र उनीहरु प्रतिको एकप्रकारको चहाना उमारी रहेको हुन्छ । हामीजस्ता साधारण मानिस मात्र होइन बलिउडकै धेरै कलाकार पनि कुनै कलाकार र उनीहरुको भूमिकाबाट प्रभावित नभई रहन सकेका छैनन् ।
यस्तैमा पर्छिन् बलिउडकी अभिनेत्री विद्या बालन । यो सुन्दा सबैलाई अचम्म लाग्न सक्छ कि उनी जो बाट प्रभावित थिइन् ति कुनै फिल्मी कलाकार नभएर फिल्म निर्माता थिए । उनका यी सबै अनुभूति त्यस बखत पलाएको हो जब उनी स्कुले बच्ची थिइन् ।
उनले यसबारे एउटा कन्भरसेसन सो रेन्डेजभौस विथ सिमी ग्रेवाल मा बताएकी थिइन् । उनी त्यस हदसम्म मन्त्रमुग्ध भएको व्याक्ति अरु कोहि नभएर स्वर्गिय फिल्म निर्माता सत्यजित रे थिए । उक्त कुराकानीमा कार्यक्रमकी सञ्चालिका सिमी ग्रेवालले विद्याको बाल्यकालको क्रस सत्यजित रे रहेको खुलासा गरेकी थिइन् । त्यस समय उनी सानी स्कुले बच्ची थिइन् । सिमीले त्यो कुरा खुलासा गरेलगत्तै विद्याले त्यसलाई स्विकार्दै आफु रेप्रति एकदमै आकर्षित भएको बताएकी थिइन् । उनले यो पनि भनेकी थिइन् कि उनी सत्यजित रेप्रति उनको प्रतिभाको कारणले मन्त्रमुग्ध थिइन् । उनले भनेकी थिइन्, ‘सत्यजित रे संगित गर्थे, लेख्दथे, चित्र कोर्थे उनी सबै गर्थे कला निर्देशन, निर्देशन सबै सबै कुरा गर्थे ।’
सिमीले कार्यक्रममा रेले क्यामरा पनि चलाउथे भन्ने कुरा उत्घाटित गर्दा विद्या अवाक बनेकी थिइन् । उनलाई यसबारे थाहै नभएको बताइन् ।
विद्याले सफलता र नाम दुबै कमाइसकेपश्चात उनले सत्यजित रेसँग जोडीएको एउटा बाल्यकालको घटना लाइभमिन्टसँगको एउटा एक्सक्लुसिभ अन्तरवार्तमा बताएकी थिइन् ।
उनले भनेकि थिइन्, ‘म त्यसबेला १२ वा १३ वर्षको थिए जब मैले सत्यजित रेको कामको बारेमा सुनेको थिए र मलाई त्यससमयबाट नै उनीसँग काम गर्ने इच्छा पलाएको थियो । जब मैले रेले अस्पतालको शैयाबाट लाइभटाइम एचिभमेन्टको लागि ओस्कार प्राप्त गरेको केहि झलकहरु देखेको थिए । त्यसपछि मैले उनलाई चाढो निको हुनु किनभने अझैपनि मसँग तपाईले फिल्म बनाउनु छ भनेर पत्र लेखेकी थिए । तर मैले उक्त पत्र पठाउन अगाडी उनको निधन भयो र एउटा बलेको इच्छा मभित्र नै रह्यो ।’
The post यस्तो थियो विद्याको बाल्यकालको प्रेमको आगो जुन आजसम्म निभ्न सकेन appeared first on Sajha Post.