एजेन्सी, २७ पुस । केही दिनअघि बलिउड सुपरस्टार सलमान खानलाई मार्ने धम्की आएको थियो । यससँगै उनको सुरक्षा बढाइएको छ । उक्त धम्कीपछि फिल्म यूनिटले ‘रेस ३’को शूटिङ समेत रोक्नुपर्यो ।
हालै सलमानको फिल्म ‘रेस ३’को शूटिङको क्रममा केही अपरिचित मानिस आएर स्टुडियोमा पसी शूटिङ बन्द गराउन भनेका थिए । ती सबैले सलमानलाई मार्ने धम्की दिएको भारतीय सञ्चारमाध्यम हिन्दी डट न्यूज ट्वान्टीफोरले लेखेको छ । त्यसलगत्तै प्रहरीलाई सुचना दिएपछि सलमानलाई सुरक्षाको घेरामा राखी घरसम्म पुर्याइएको थियो । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उनलाई जोधपुरको चर्चित ग्याङस्टार लोरेन्स विश्वोईले ज्यान मार्ने धम्की दिएका हुन् । लोरेन्स विश्वोईले यो धम्की खुलेआम दिएका थिए । जोधपुर अदालतमा उक्त ग्याङमाथि मुद्दा दर्ता समेत भइसकेको छ । लोरेन्स विश्वोईले भनेका थिए, ‘सलमानलाई जोधपुरमै मारिदिन्छौं ।’
सन् १९८८ मा फिल्म ‘हम साथ-साथ हैं’को शूटिङको क्रममा जोधपुरको कांकणी गाउँमा सलमानले कालो हरिण मारेको आरोप लागेको थियो ।
The post सलमानलाई ज्यान मार्ने धम्की आएपछि ‘रेस ३’को शूटिङ रोकियो appeared first on Sajha Post.