Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

राजनीतिका कारण बलिउड करिअर धरापमा परेपछि…

$
0
0

एजेन्सी, २६ पुस । बलिउडका महानायकका रुपमा परिचीत अमिताभ बच्चन ६ दशक देखि अभिनय कलामा रहेका छन् । उनले आफ्नो करिअरमा धेरै उतारचढाब देखेका छन् । जिन्दगीमा कठोरभन्दा कठोर दिन देखेका उनी सबैको कुराको दोष आफैले गरेको निर्णयलाई दिन्छन् ।

सन् २००० पश्चात उनका दिनहरु निकै कष्ठकर चलेका थिए । उनी यति ऋणमा डुबेका थिए कि उनी जस्तो फिल्म पाए नी खेल्न तयार रहेका थिए । तर, उनको भाग्य एक्सासी स्टार प्लसको सो ‘कौन बनेगा करोडपति’ कार्यक्रम पश्चात चम्कियो ।

सबैलाई थाहा भएकै कुरा हो अमिताभ बच्चन र भारतीय राजनीतिको कुनै समय गहिरो सम्बन्ध रहेको थियो ।

तर, राजनीतिमा लागे पनि उनले राजनीति बुझ्न भने सकेनन् । यसका कारण पनि उनको करिअर राजनीतिमा जम्न सकेन । उता फिल्मी करिअर पनि धरापमा परिसकेको थियो ।

समाजवादी पार्टीमा लागेका उनलाई अमर सिंहको सम्बन्धले राजनीतिबाट पर पुर्याइदियो । अब भने उनी राजनीति देखि धेरै पर रहेका छन् ।

The post राजनीतिका कारण बलिउड करिअर धरापमा परेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles