एजेन्सी, २५ पुस । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई अर्को एक फिल्म हात परेको छ । फिल्म ‘जैस्मीन-एक किराए की कोख’ मा ऐश्वर्या देखिने भएकी छन् । यो फिल्ममा सेरोगेट मदर (भाडाकी आमा)को भूमिकामा उनी देखिनेछिन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार पहिला यस फिल्ममा अनुष्का शर्मालाई अफर गरिएको थियो तर ऐश्वर्याले उनको ठाउँ लिइन् । फिल्म वास्तविक कहानीसँग प्रेरित छ । जुन गुजरातकी एक महिलाको घटनासँग सम्बन्धित छ ।
४४ वर्षीया ऐश्वर्याको ६ वर्षकी एक छोरी आराध्या छिन् । उमेर बढेसँगै उनलाई फिल्मको अफरहरु अझै आइरहेको छ । सन् २०१८ मा ऐश्वर्यासँग ‘फन्ने खाँ’सहित तीन ठूला फिल्म छन् ।
The post अनुष्कालाई पाखा लगाउँदै ऐश्वर्या ! appeared first on Sajha Post.