एजेन्सी, २० पुस । ‘बिग बोस-११’ को फिनाले चाँडै नै हुँदैछ । यसपटक शोमा केही अलग र नयाँ अनुहारहरु देखिए । यसमध्ये एक हुन् अर्शी खान । ‘बिग बोस’बाट बाहिरिएपछि अर्शीको भाग्य चम्किएको छ ।
बताइएअनुसार अर्शीलाई एक ठूलो प्रोजेक्टमा अफर आएको छ । उनले मोटो रकममा बन्न लागेको फिल्ममा साइन गरेकी छन् । यद्यपी फिल्मको नाम र कोसँग स्क्रीन सेयर गर्ने भन्नेबारे खुलाइएको छैन । उनले पर्दामा धमाका मच्चाउन सक्ने बलिउड पण्डितहरु बताउँछन् ।
The post अर्शी अब फिल्ममा ! appeared first on Sajha Post.