Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सलमानको ध्यान कट्रिनाकी बहिनी इजाबेलतर्फ !

$
0
0

एजेन्सी, १९ पुस । बलिउड अभिनेत्री कट्रिना कैफको फ्लप फिल्मको निरन्तरतालाई ‘टाइगर जिंदा है’ले उकास्न मदत गरेको छ । सलमानले पुन: उनको भाग्य चम्काइदिएका छन् । कट्रिनापछि सलमानले उनको बहिनी इजाबेलको करियरतर्फ ध्यान दिन थालेको भारतीय सञ्चारमाध्यम न्युज ट्वान्टी फोर डट अनलाइनले उल्लेख गरेको छ ।

कट्रिनाको बहिनी केही वर्षदेखि इंडियामा नै बस्छिन् । उनले हालै एक ब्रांडसँग विज्ञापन सम्झौता समेत गरिसकेकी छन् । त्यसका लागि सलमानले सिफारिश गरेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमानले चाँडै नै कट्रिनाकी बहिनी इजाबेललाई बलिउडमा लञ्च गर्नेछन् । सलमानले यसअघि पनि इजाबेलका लागि Indo-Canadian film Dr Cabbie प्रोड्युस गरिसकेका छन् । यतिमात्र होइन, सलमानले इजाबेलका लागि क्यानडा र अमेरिका गएर फिल्मको खुलेर प्रमोशन गरेका थिए ।

The post सलमानको ध्यान कट्रिनाकी बहिनी इजाबेलतर्फ ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles