काठमाडौं, १६ पुस । वर्ष २०१७ को आज अन्तिम दिन । यस वर्ष बलिउडका केही चर्चित कलाकारले संग्राम नै मच्चाए । संग्राम मच्चाउनेमा कंगना रनावत, ऋतिक रोशन, करण जोहर, सलमान खान र कपिल शर्मा रहे । ऋतिकसँग कंगनाको विवादले यस वर्ष लामै समय लियो । कंगना जहाँ पुग्थिन्, ऋतिकको कुरा काट्न भ्याइहाल्थिन् ।
उता करणको शो मा गएर कंगनाले उनलाई फिल्म माफिया र नातावादको ब्रांड एम्बेस्डर भनिन् ।
वर्ष २०१७ मा बलिउड अभिनेत्री दीपिका पादुकोणसँग कंगनाको संग्राम जारी रह्यो । यद्यपी पद्मावतीलाई लिएर दीपिकालाई धम्की आइरहँदा कंगनाले अन्तिममा उनको समर्थनमा आफू रहेको स्वीकारिन् ।
The post वर्ष २०१७ मा कंगनाले गरिन् महासंग्राम ! appeared first on Sajha Post.