एजेन्सी, १६ पुस । बलिउडमा पछिल्लो समय निकै चर्चामा रहे निर्देशक संजय लिला भन्साली । उनले निर्माण गरेको फिल्म ‘पद्यावती’ चरम विवादमा रह्यो ।
फिल्म रिलिज गर्न नदिन राजपुतहरुले गरेको आन्दोलनका कारण भारत सरकारले पनि कुनै निर्णय लिन सकिरहेको थिएन । अब भने यो फिल्म रिलिज हुने भएको छ ।
यस फिल्ममा २१ पटक सेन्सर चलेको छ । यस फिल्मको नाम पनि परिवर्तन गरिएको छ । अब यस फिल्मको नाम ‘पद्यावत’ हुनेछ । फिल्मलाई भारतीय सेन्सर बोर्डले यी कुराहरुमा सहमति भएपछि पास गरेको हो ।
अब फिल्म कुन दिन रिलिज हुन्छ यसबारे यस फिल्म निर्माण युनिटले कुनै जानकारी दिएको छैन । राजपुतहरुको इतिहासलाई गलत ढंगले देखाउन खोजेको आरोप लागेपछि पद्यावती सुटिङदेखि नै विवादमा रहेको थियो ।
दीपिका पादुकोण, साहिद कपुर तथा रणवीर सिंहको प्रमुख भुमिका रहेको छ । यस फिल्मबारे कुनै पनि कलाकारले हालसम्म खुलेर बोल्न चाहेका छैनन् ।
The post ‘पद्यावती’ फिल्ममा सेन्सर बोर्डको कैची ! appeared first on Sajha Post.