Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘पद्मावती’विवादलाई लिएर यसो भन्छिन् कंगना

$
0
0

एजेन्सी, ४ पुस । बलिउड फिल्म ‘पद्मावती’को हालसम्म पनि विरोध भइरहेको छ । जसकारण फिल्मको रिलिज डेट समेत पर सार्नुपर्‍यो । दीपिका पादुकोण, शाहिद कपूर र रणवीर सिंह स्टारर फिल्मको रिलिज डेट हालसम्म पनि तय हुन सकेको छैन ।

फिल्मलाई प्रतिबन्ध गरिनुपर्ने माग उठिरहेको छ । त्यस्तै बलिउडका हस्तीहरुले फिल्मको समर्थन गरिरहेका छन् । यसैबीच अभिनेत्री कंगना रनावतले ‘पद्मावती’को विरोधलाई नाटक भनेकी छन् । कंगनालाई लाग्छ कि दीपिका र फिल्म निर्माताले अब रिएक्सन लिनुपर्ने बताउँछिन् । उनका अनुसार पद्मावतीलाई विवादमा तानेर मानिसहरुले फाइदा लिन खोजिरहेका छन् ।

कंगनाले यस विवादमा दीपिकालाई साथ दिएकी छन् । कंगनको अनुसार अनुष्का शर्माले ‘दीपिका बचाओ’ अभियानका लागि फोन गरेकी थिइन् । त्यसबेला उनले आफू दीपिकाको साथमा भएको स्पष्ट पारेकी थिइन् ।

तपाईलाई यो बताऔं कि ‘पद्मावती’लाई लिएर दीपिकालाई ज्यान मार्ने धम्की समेत आएको थियो । यसअघि नै कंगनाले पद्मावतीमाथि कुरा गरेकी थिइन् ।

The post ‘पद्मावती’ विवादलाई लिएर यसो भन्छिन् कंगना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles