एजेन्सी, ४ पुस । बलिउड सुपरस्टार सलमान खानसँग फिल्म खेल्न अभिनेत्रीहरुको लाइननै लाग्ने गर्छ । सलमानले धेरै अभिनेत्रीलाई बलिउडमा स्थापित समेत गराइसकेका छन् । त्यस्तै केही अभिनेत्री भने उनीसँग देखिएपछि गुमनामजस्तै भएका छन् । यही सूचीमा आउँछ स्नेहा उल्लालको नाम ।
आज स्नेहाको जन्मदिन हो । उनी ३० वर्षकी भइन् । स्नेहाको अनुहार ऐश्वर्या राय बच्चनसँग मिलेको बताइन्छ । खासगरी उनको आँखा विल्कुलै ऐश्वर्याको जस्तो छ । स्नेहा लामो समयदेखि बलिउडबाट हराएकी छन् । उनी सलमान खानसँग बलिउड भित्रिएकी थिइन् ।
सन् २००५ मा सलमान खानले स्नेहा उल्लालसँग ‘लकी-नो टाइम फर लभ’ फिल्ममा काम गरेका थिए । स्नेहालाई मानिसहरुले ऐश्वर्याजस्तै भन्ने गरेपछि त्यसबखत उनको चर्चा ह्वात्तै बढेको थियो ।
यस फिल्मको शूटिङको क्रममा सलमान र स्नेहा एकआपसमा नजिकिएका भन्ने खबर आएको थियो । स्नेहा सलमान खानकी बहिनी अलवीराकी साथी हन् । सोही कारण उनी सलमानको घरमा आउने गर्थिन् । त्यसबेला सलमानको नाम स्नेहासँग खुबै जोडिएर आए । सलमानले ऐश्वर्यासँग प्रेममा धोका खाएपछि उनको जस्तै अनुहार भएको युवती स्नेहासँग विवाह गर्न सक्ने भन्दै खबरहरु बाहिरिएका थिए । पछि ती सबै झुटो सावित भयो ।
केही मानिसहरुले ऐश्वर्यालाई देखाउनका लागि सलमानले फिल्ममा स्नेहालाई लिएको बताउने गर्थे । तर, स्नेहा बलिउडमा असफल भइन् । उनी लामो समयदेखि बिरामी थिइन् । अहिले भने उनी ठीक हुँदै गएकी छन् ।
उनी पछिल्लो पटक सन् २०१४ मा तेलुगू फिल्ममा देखिएकी थिइन्, त्यसपछि उनी पुन: हराइन् ।
The post सलमान र स्नेहाबीच यस्तो थियो सम्बन्ध appeared first on Sajha Post.