Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कारको मोह छोडेर सलमान साइकलमा !

$
0
0

एजेन्सी, २३ मंसिर । बलिउड सुपरस्टार सलमान खान हालका दिन आफ्नो आगामी फिल्म ‘टाइगर जिंदा है’को प्रमोशनमा लागिरहेका छन् । अली अब्बास जफर निर्देशित फिल्म डिसेम्बर २२ देखि रिलिजमा आउनेछ । यसैबीच बिहीबार सलमानको एक नयाँ अवतार देखियो । सलमान आफ्नो महंगो कारको मोह छोडेर साइकलमा सवारी गरिरहेका देखिए ।

सलमान आफूलाई बेलाबेलामा नयाँपन चाहन्छन् । त्यसैको उदाहरण हो उनको साइकलिङ । यसअघि पनि सलमानले अटो तथा साइकलमा यात्रा गरेका थिए । उनी साइकलमा कुल र फिट देखिएका थिए । सलमानलाई मुड परिवर्तन भइरहने अभिनेताको रुपमा समेत लिइन्छ । उनलाई जे गर्न मन लाग्यो त्यो गरेरै छाड्छन् ।

सलमानको आगामी फिल्म ‘टाइगर जिंदा है’ को कहानी एक आतंकवादी संगठनद्वारा २५ भारतीय नर्सलाई बन्धन बनाइएकोमा आधारित छ । जसमा सलमानको साथमा कट्रिना पनि हुनेछिन् ।

The post कारको मोह छोडेर सलमान साइकलमा ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles