Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

ब्रेकअपको खबरका बीच प्रेमी ऋतिकसँग देखिइन् सुष्मिता

$
0
0

एजेन्सी, २१ मंसिर । हालै बलिउड अभिनेत्री सुष्मिता सेनको प्रेमी ऋतिक भसीनसँग ब्रेकअप भएको खबर बाहिर आएको थियो ।

उनीहरुबीच केही कुरालाई लिएर समस्या उत्पन्न भएको र जसकारण आआफ्नो बाटो लागेको बताइएको थियो । तर, हालै यी दुई मुम्बईको केम्पस कर्नरमा पार्टी गर्दै गर्दा देखिएका थिए । उक्त पार्टीमा सुष्मिता र ऋतिक निकै सहज देखिएका थिए ।

पार्टीमा उनीहरु बाहेक अन्य मानिसहरु पनि सहभागी थिए । सुष्मिता र ऋतिक पछिल्लो ४ वर्षदेखि डेट गरिरहेकी छन् । ऋतिकभन्दा अघि सुष्मिताले व्यवसायी, फिल्म निर्देशक तथा निर्मातासँग डेट गरिसकेकी छन् ।

यसअघि उनले विक्रम भट‌्ट, रणदीप हुड्डा, वसीम अकरम, मुदस्सर अजीज, इम्तियाज खत्री, मानव मेनन, संजय नारंग, शब्बीर भाटिया र बंटी सहदेवसँग रोमान्स गरिसकेकी छन् ।

त्यस्तै सुष्मिता र ऋतिक जहीर-सागरिकाको बिहेमा देखिएका थिए ।

The post ब्रेकअपको खबरका बीच प्रेमी ऋतिकसँग देखिइन् सुष्मिता appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles