एजेन्सी, १९ मंसिर । मिस जम्मू बनेकी अनारा गुप्तामाथि दुई अर्ब ठगी गरेको आरोप लागेको छ ।
यूपी पुलिसले अनारा गुप्तासहित अन्य केही व्यक्तिविरुद्ध करोडौं रकम ठगी गरेको आरोपमा एक सूचना जारी गर्न सक्ने बताइएको छ । अनारा गुप्ताले फिल्म बनाउने नाममा विभिन्न मानिसहरुसँग करोडौं ठगी गरेको खबर बाहिर आएको छ ।
यस पटक अभिनेता अजय देवगनको फिल्म ‘दिलवाले पार्ट टू’ बनाउने भन्दै उनले मोटो रकम ठगी गरेको भारतीय सञ्चारमाध्यम जी न्यूजले जनाएको छ । यस मामिलामा यूपी एसटीएफले दुई व्यक्तिलाई पक्राउ समेत गरिसकेको छ । सोधपुछबाट आरोपीहरुले त्यसमा मिस जम्मू रहेकी अनारा गुप्ताको संलग्नता रहेको खुल्न आएको हो ।
The post ब्यूटी क्वीनबाट ‘ठगी क्वीन’ बनेकी गुप्ता ! appeared first on Sajha Post.