Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

८० को दशककी सेक्सी सिल्क जसको लास पंखामा झुन्डिएको भेटियो

$
0
0

काठमाडौं, १६ मंसिर । ८० को दशकमा दक्षिण भारतीय फिल्ममा सिल्क स्मिताको जादु यस्तो चल्यो जसलाई मान्छेहरू आज पनि भुल्दैनन् । सिल्कको जन्म २ डिसेम्बर १९६० मा आन्ध्र प्रदेशको राजमुदरीको एल्लुरूमा भएको थियो । सिल्क स्मिताको आज ५७ औं जन्मदिन हो ।
सन् २०११ मा विद्या बालनको फिल्म द डर्टी पिक्चरले बलिउड बक्स अफिसमा ठूलो सफलता पाएको थियो । सिल्क स्मिताको कहानीमा फिल्म बनेको थियो ।

४ कक्षा पढेपछि स्मिताले स्कुल जान छाडेकी थिइन् । उनी मेकअप सहायकको काममा लागेकी थिइन् । स्मिताले १९७८ मा कन्नड फिल्म बेदीमा पहिलो पटक काम गर्ने मौका मिलेको थियो । उनलाई ठूलो ब्रेक भने बाँडीचक्र १९७९ मा बनेको फिल्ममा मिलेको थियो । उनले १० वर्षमा ५ सय फिल्ममा अभिनय गरिन् ।

आफूले फिल्म निर्माण थालेपछि उनलाई २ करोडको घाटा भएपछि उनी मानसिक रूपमा तनावमा परेकी थिइन् । २३ सेप्टेम्बर १९९६ मा स्मिताको लाश उनको घरमा पंखामा झुन्डिएको अवस्थामा मिलको थियो । एजेन्सी

The post ८० को दशककी सेक्सी सिल्क जसको लास पंखामा झुन्डिएको भेटियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles