एजेन्सी । बलिउड अभिनेता वरुण धवनलाई हालै पुलिसले चेतावनी सन्देश पठाएको छ । मुम्बई पुलिसले अफिसियल ट्वीटर अकाउन्ट मार्फत उनलाई चेतावनी दिदैँ गाली गरेको हो । सो सन्देश पाउनासाथै वरुणले उक्त ट्वीटको जवाफमा माफी मागिसकेका छन् ।
वास्तवमा वरुणले सडक नियम पालना नगरेकोमा पुलिसले उनलाई यसरी गालि गरेको हो । मुम्बईमा ट्राफिकमा फसेका बेलामा यो घटना घटेको हो । त्यस दिन उनी कारमा यात्रा गरिरहेका थिए जसबेला जाम भएपछि उनको कार रोकियो । त्यसैबेलामा छेउको गाडीमा बसिरहेकी उनकी एक फ्यानले उनीसँग तस्बिर खिच्ने इच्छा व्यक्त गरिन् । आफ्नो फ्यानको मन नदुखाउने मनोसायले वरुणले पनि आफ्नो कारको झ्याल खोलेर टाउको बाहिर निकालि उनीसँग तस्बिर खिचे । उनको यही एक कार्य मुम्बई पुलिसका लागि चिन्ताजनक बनेको हो ।
मुम्बई पुलिसले ट्वीटरमा यस्तो ट्वीट गरेको हो , ‘वरुण, यस्ता गतिविधि फिल्ममा धेरै राम्रो देखिन्छन् तर मुम्बईको सडकमा देखिँदैनन् । त्यसकारण यसरी सडकको नियम मिचेर तपाईले आफ्नो मात्र होइन आफ्ना फ्यानको ज्यान समेत जोखिममा पार्नु भएको छ । त्यसैले हामी तपाई जस्तो मुम्बईवासी सेलिब्रेटीबाट यस्तो अपेक्षा राख्दैनौँ । अर्कोपटक आफ्नो जिम्मेवारी नबिर्सनुहोला नत्र हामी तपाईको घरसम्म आउनु पर्नेछ ।’ यस्तो ट्वीटका साथै वरुणको तस्बिर पनि शेयर गरिएको थियो जसमा प्रष्टै देखिन्छ कि वरुणले सिट बेल्ट पनि नलगाई टाउको बाहिर निकालेर तस्बिर लिइरहेका छन् । यसैको जवाफमा वरुणले माफी माग्दै आफूले अन्जानमा त्यस्तो गलती गरेको र अबदेखि होसियार हुने भन्दै ट्वीट गरेका हुन् ।
The post वरुण धवनलाई पुलिसले दियो यस्तो चेतावनी appeared first on Sajha Post.