एजेन्सी, ७ मंसिर । भारतीय टीमका पूर्वक्रिकेटर जाहिर खानले आज कोर्ट म्यारिज गरेका छन् । हालै यी दुईको बिहेको फोटो बाहिर आएको छ । जाहिरले अभिनेत्री सागारिका घाटगेसँग बैवाहिक सम्बन्ध गाँसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बताइएअनुसार आज बेलुका मुम्बईको एक पाँचतारे होटलमा ककटेल पार्टीको आयोजना हुँदैछ । एक अन्तर्वार्तामा जाहिरले भनेका थिए, ‘मैले खोजेको जस्तै जीवनसाथी पाएको छु । म यसमा खुशी छु ।’
यसै विषयमा सगारिकाले भनिन्, ‘मेरो अभिभावकलाई यो चिन्ता थियो कि मेरो विवाह कस्तो व्यक्तिसँग हुन्छ । तर, जाहिरसँग भेटेपछि ती सबै कुरा हट्यो । जाहिर निकै ठीक छ ।’
सगारिकाले ‘चक दे इंडिया’मा अभिनय गरेकी थिइन् ।
The post यस बलिउड अभिनेत्रीले गरिन् क्रिकेटर जाहिरसँग विवाह appeared first on Sajha Post.