एजेन्सी, ५ मंसिर । बलिउडमा केही यस्ता कलाकारहरु रहेका छन् जो रियल स्टन्ट गर्न रुचाउँछन् । ति मध्येका एक अभिनेता हुन् जोन अब्राहम ।
उनले अभिनय गरेका धेरै फिल्महरुमा जस्तोसुकै स्टन्ट किन नहोस् आफै गर्ने गर्छन् । यसै क्रममा उनी गम्भीर रुपमा घाइते पनि भएका छन् । सन् २०१६ मा आएको फिल्म ‘फोर्स–२’ का क्रममा जोन नराम्रोसँग घाइते भएका थिए ।
उनले घुडाँमा नराम्रोसँग चोट लागेको थियो । घुडाँको चोट लागेपछि उनको अप्रेशन गरिएको थियो । फिल्म डिसुममा पनि उनी घाइते भएका थिए । उनको पुनः घुडाँमा चोट लागेको थियो । तर, उनले त्यसको वास्था नगर्दै फिल्म सुटिङ गरिनै रहे ।
जब घुडाँले पिडा बढ्दै गयो तब उनी हस्पिटल गए । डाक्टरले उनलाई आराम गर्ने सुझाव दिए । तर, पनि उनी मानेनन् ।
अन्तत: डाक्टरले उनको खुट्टा काट्नुपर्ने अवस्था धेरै नै नजिक रहेको बताएपछि बल्ल उनी झस्किएका थिए । त्यसपछि उनले हस्पिटलमा एकहप्तासम्म बिताएका थिए । उनले घुडाँमा अझै पनि समस्या रहेको बताएका छन् ।
The post जोन अब्राहमलाई डाक्टरले यसो भनेपछि… appeared first on Sajha Post.