एजेन्सी, ३० कात्तिक । टिभी अभिनेत्री नागिन मौनीको बेलाबेलामा मिडियामा आइरहन्छिन् । उनको ब्युटी र ड्रेसअपलाई लिएर चर्चामा रहने गर्छिन् ।
टिभीका हट जोडी मौनी रोय र मोहित रैना एकआपसमा प्रेम साटासाट गरिरहेको अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यम न्युज ट्वान्टी फोर अनलाइनले जनाएको छ । यद्यपी सामाजिक सञ्जालमा मौनीले मोहितसँग एक तस्बिर अपलोड गरेकी छन् । उक्त तस्बिरमा दुवै एकआपसमा खुलेर प्रेम गरिरहेको देख्न सकिन्छ ।
उनले उक्त फोटो अपलोड गरेपछि ‘प्रेमीसँग रोमान्स गर्दै गर्दा भेटिइन् मौनी’ भन्दै भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका छन् ।
पछिल्लो समय यी दुईको ब्रेकअप भएको खबर आएको थियो तर उक्त खबर झुटो सावित भयो । मौनी खेलाडी अक्षय कुमारको फिल्म ‘गोल्ड’मा देखिँदैछिन् । यसका साथै उनी यसपटक ‘नागिन-३’ मा देखिनेछिन् ।
The post प्रेमीसँग रोमान्समा भेटिइन् मौनी ! appeared first on Sajha Post.