Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

आगामी ईदमा सलमान र ऐश्वर्याबीच टक्कर हुने

$
0
0

एजेन्सी, २५ कात्तिक । आगामी वर्षको ईदमा बक्स अफिसमा सलमान खान र ऐश्वर्या राय बच्चनबीच भिडन्त हुने भएको छ । तर, सलमानसँग किन ऐश्वर्याले फिल्म जुधाइन् ? भन्ने कुराले बलिउडमा चर्चा पाएको छ ।

हरेक वर्षको ईदमा सलमानले उपहारस्वरुप नयाँ फिल्म दिँदै आएका छन् । सन् २००९ देखि हालसम्म ईदमा उनले आफ्नो फिल्म रिलिज गर्दै आएका छन् ।

यस वर्षको ईदमा पनि सलमानले ‘ट्यूबलाइट’ रिलिज गरेका थिए तर सोचेजति फिल्मले सफलता हासिल गर्न सकेन । ईद २०१८ मा सलमानको फिल्म ‘रेस ३’ रिलिज हुने भएको छ । जसको शूटिङ यही नोभेम्बर ९ बाट सुरु भइसकेको छ । सलमानसँग भिडाउन कुनै पनि फिल्म निर्माता आउने गरेका थिएनन् । अब भने ऐश्वर्या राय बच्चन सलमानसँग भिड्ने भएकी छन् ।

ऐश्वर्या अभिनित फिल्म ‘फन्ने खान’मा अनिल कपूर र राजकुमार राव पनि देखिनेछन् । बताइएअनुसार निर्मातालर् फिल्मको रिलिज मिति सन् २०१८ को अप्रिलमा गर्ने तय गरेका थिए । तर, अहिले उक्त मिति सारेर २०१८ को ईदमा फिल्म रिलिज गर्ने योजना निर्माताले बनाएका छन् ।

यदि सलमान र ऐश्वर्याको बक्स अफिसमा टक्कर भए त्यसले दुवैलाई घाटा पुग्ने देखिन्छ ।

The post आगामी ईदमा सलमान र ऐश्वर्याबीच टक्कर हुने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles