विश्वका देशहरू हामीभन्दा एक/दुई सय वर्ष अगाडि छन् । त्यति एड्भान्स छन् । हामी हरेकको हातमा भएको डिभाइसमा तपाईले हेर्न सक्नुहुन्छ । हामी हरेकका हात-हातमा मोबाइल छन् । त्यस्तो अवस्थामा हामी यति पिछडिएर बसेका छौं । हामी के कारणले पिछडिएका छौं भनेर सोच्न पनि चाहिरहेका छैनौं ।
यो अवस्थामा हाम्रा नेताज्यूहरूले अब के गर्नुपर्छ ? बाटो कुन लिनुपर्छ ? विभिन्न राजनीतिक क्रान्ति पछि अब देशको आवश्यकता के हो ? भनेर बुझ्नुपर्छ । बुझ्नुहुन्छ जस्तो मलाई लागेको थिएन । तर एक/दुई वर्ष अगाडी जुन सोच डा. बाबुराम भट्टराईले अघि सार्नुभयो । म उहाँको सोचमा सहमत हुन पुगें किनभने मैले विश्व हेरिरहेको थिएँ । साथमा नेपाल पनि हेरिरहेको थिएँ । म एउटा कलाकार हुँ कमसे कम फटाहा बोल्दिन ।
भनिन्छ नि- यो एक डेढ वर्षको अन्तरालमा राजनीतिमा जति मैले झूठको खेल देखें त्यसले मलाई दुखी बनाएको छ । विकासको लक्ष्य लिने राजनीतिमा युग पुरूष धेरै वर्षपछि एक/दुईजना जन्मिन्छन् । म यो उपाधी डा. भट्टराईलाई दिन चहान्छु ।
एक डेढ वर्ष अघि उहाँले जसरी नयाँ शक्तिको धारणा ल्याउनु भयो । मैले ५० वर्षपछिको अवस्था देख्ने व्यक्ति आफ्नै जीवनकालमा पाएँ । वास्तवमा हाम्रो नेपाललाई नयाँ शक्ति जस्तो राजनीतिक शक्ति चाहिन्छ भनेर म उहाँसँग आबद्ध भएँ । तर नयाँ शक्तिले यहिबीचमा विभिन्न अरोह र अवरोह व्यहोर्न पर्यो, त्यो पनि महसुस गर्न पाएँ ।
गोरखाको यो थलो जहाँ डा. बाबुराम भट्टराई जन्मिनु भएको ठाउँ हो, म यहाँ जन्मिन पाएको भए गर्व महसुस गर्ने थिएँ । यहि थलोबाट डा. बाबुराम भट्टराईले नेपाललाई विश्वमा चिनाउनु भएको छ । हामी संकीर्ण भएर नसोचौं । उहाँको भोट माग्ने नम्रता भनेको समृद्धिको लागि हो । पार्टीको लागि मात्रै भनेर मचाहिँ सोच्दिन । नयाँ शक्ति वा कांग्रेसको लागि मात्र भनेर म सोच्दिनँ । हामी समग्र राष्ट्र एक हुनुपर्छ भन्ने मानिस हौं ।
तरपनि यो एउटा प्रक्रिया हो । हामी चुनावमा जाँदैछौं । हामीसँग एउटा चिन्ह छ । हाम्रा उम्मेदवार छन् र उहाँहरूलाई हामीले भोट गर्नुपर्ने हुन्छ । म एउटा कलाकार हुँ । मलाई धेरै राजनीतिक दाउपेचका कुरा आउँदैन । हामी समृद्ध हुन चाहन्छौं । यहि बाटोमा अग्रसर बनौं भन्ने अनुरोध गर्दछु ।
(करिश्माले गोरखाको चुनावी सभामा दिएको मन्तव्यको सम्पादित अंश)
The post बाबुराम, सय/दुई सय वर्षमा जन्मने युग पुरूष हुन् appeared first on Sajha Post.