Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यसकारण कंगनाले पारिश्रमिक घटाइन्

$
0
0

एजेन्सी, २१ कात्तिक । बलिउड अभिनेत्री कंगना रनावतको नाम बेलाबेलामा मिडियामा आइरहन्छ । उनले तीन पटक राष्ट्रिय अवार्ड जितिसकेकी छन् । तर, पछिल्लो समय उनको फिल्म लगातार फ्लप हुँदै गइरहेको छ । ‘कट्टी बट्टी’ र ‘रंगून’पछि हालै रिलिज भएको कंगनाको फिल्म ‘सिमरन’ले पनि सफलता हासिल गर्न सकेन । बक्स अफिसमा फिल्मले राम्रो कलेक्शन गर्न सकेन ।

कंगनाको फिल्म फ्लप भएसँगै निर्माताहरु उनीमाथि लगानी गर्न डराउन थालेका छन् । यसका साथै ऋतिक रोशनसँगको विवादका कारण पनि बलिउडका केही कलाकारले उनीसँग काम नगर्ने निर्णय लिएको बताइएको छ । कुनैबेला आफूलाई बलिउडको सबैभन्दा महंगी अभिनेत्री बताउने कंगनाले अहिले पारिश्रमिक घटाइरहेको परेको खबर बाहिर आएको छ ।

बताइएअनुसार कंगनाले पारिश्रमिक कम गरेर सिमरनका निर्माताको नोकसान भरपाई गर्न लागेकी छन् । सिमरनका निर्मातासँग कंगनाले पुन: एक फिल्मा काम गर्न लागेकी हुन् जसमा उनले पहिलाभन्दा कम पारिश्रमिक लिनेछिन् । कंगनाको फिल्मले राम्रो व्यापार गर्न नसक्दा त्यसको प्रभाव उनीमाथि पनि पर्न थालेको छ ।

The post यसकारण कंगनाले पारिश्रमिक घटाइन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles