Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

दीपिका र कटरिनाको दुश्मनीले रनवीर समस्यामा…

$
0
0

एजेन्सी, २१ कात्तिक ।  दीपिका पादुकोण र कटरीना कैफको क्याटफाइटमा रणवीर सिंहलाई घाटा भएको छ । दीपिकाका पुर्व प्रेमी रणवीर कपुरलाई कटरीनाले आफ्नो बनाएपछि उनीहरुबीच दुश्मनी सुरु भएको थियो । कटरीना पनि रणवीरको पुर्व प्रेमिका भइसकेकी छिन् । दीपिकाले हालसम्म उनलाई माफ गरेकी छैनन् ।

दीपिकाले स्वयम कटरिनासँग अफर गरिएको शाहरुखको फिल्मको रिजेक्ट गरेकी थिइन् ।

दीपिकाका हालका ब्बोइफ्रेण्ड रणवीर सिंहले पनि कटरीनासँग काम गर्न अस्विकार गरिदिएका छन् ।

कटरीनाको साथमा बार बार देखो बनाएकी नित्या मेहताले रणवीर र कटरीनालाई लिएर फिल्म बनाउने तयारीमा रहेकी थिइन् । तर, यो अफर रणवीर सिंहले अस्विकार गरिदिए । कटरीनासँग फिल्म गरेर रणविरले दीपिकालाई टेन्सन दिन नचाहेको मिडिया रिपोर्टमा उल्लेख छ । केही व्यक्तिहरुले रणवीरले दीपिकामाथि देखाएको विश्वास बताएका छन् । कटरीना आमिर खानको फिल्म ठग्स अफ हिन्दुस्तान र शाहरुखको एक अनाम फिल्ममा पनि काम गरिरहेकी छिन् ।

 

The post दीपिका र कटरिनाको दुश्मनीले रनवीर समस्यामा… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles