काठमाडौं, २० कात्तिक । अभिनेत्री एवं निर्मात्री श्वेता खड्काको फिल्म ‘कान्छी’को शीर्ष गीत ‘चरी चट्ट परी’ गीतले युट्युब नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा स्थान बनाएको छ ।
रिलिज भएको केही दिनमा नै यस गीतलाई दर्शकले रुचाएका छन् । हालसम्म गीतलाई ९ लाख ८० हजारभन्दा बढी पटक युट्युबमा हेरिएको छ ।
राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर रहेको गीतमा शब्द र संगीत दुवै राजनराजकै छ । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । भिडियोमा अभिनेता दयाहाङ राई र श्वेता खड्काको अभिनय देख्न सकिन्छ ।
फिल्म ‘कान्छी’लाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।
The post नेपालको युट्युब ट्रेन्डिङ नम्बर एकमा ‘चरी चट्ट परी’ appeared first on Sajha Post.