Image may be NSFW.
Clik here to view.
एजेन्सी, २० कात्तिक । सलमान खान र ऐश्वर्याको सम्बन्ध हिन्दी फिल्म इतिहासमा चर्चित छ । उनीहरूबीचको प्रेम कहानीले पत्रिका र टेलिभिजनमा निकै स्थान पायो । प्रसंग सन् १९९९ आसपासको हो । सञ्जयलीला भन्सालीले सलमान र ऐश्वर्या रायलाई लिएर ‘हम दिल दे चुके सनम’ फिल्म सुरु गरेका थिए । फिल्म सुटिङकै क्रममा दुई सेलेब्रिटी एक–अर्काप्रति आकर्षित भए ।
दुई वर्षसम्म चलेको उनीहरूको निकट सम्बन्धलाई लिएर चर्चा चल्थ्यो, दुईजना बिहे नै गर्नेछन् । सलमानका लागि ऐश्वर्या सायद ट्रफीसमान भइन्, जुन जितेर उनमा दम्भ बढ्यो । बिस्तारै सलमानमा यस्तो व्यवहार विकास भयो कि ऐश्वर्याले अरू कुनै अभिनेतासँग फिल्म खेल्दा पनि रिस गर्न थाले ।
ऐश्वर्यालाई आफूबाहेक अरूसँग देख्नै चाहेनन् । यस्तो व्यवहारपछि पेसा र निजी जीवनमा समस्या परेको ठहर गर्दै ऐश्वर्याले सलमानलाई छाडिदिइन् । निष्कर्ष यो हो कि, ऐश्वर्यालाई सलमानले साँचो प्रेम दिए तर बदलामा दर्द लिनुपर्यो । बलिउडमा अहिले पनि चर्चा चल्छ, ऐश्वर्या नपाएकै कारण सलमानले अहिलेसम्म बिहे गर्न सकेका छैनन् ।
The post सलमान र ऐश्वर्याको प्रेम सम्बन्ध… appeared first on Sajha Post.