Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘गोलमाल-४’मा करीनालाई किन खेलाएनन् रोहितले ?

$
0
0

एजेन्सी । निर्माता रोहित शेट्टीले निर्माण गरेका गोलमालका सबै भागले बक्स अफिसमा राम्रो सफलता पाएका छन् । यसैबाट प्रभावित हुँदै अब यसको चौंथो भाग पनि चाँडै रिलिज हुँदै छ । तर अबको नयाँ भागका लागि रोहितले करीनाको स्थानमा नयाँ अभिनेत्रीलाई खेलाएका छन् ।

यसको कारण बताउँदै सेट्टीले भने, ‘जब कथा बदलिन्छ तब त्यसका कलाकार पनि बदलिन्छन् । यस फिल्ममा अभिनेत्री भन्दा पनि अभिनेताको भूमिकाले बढी महत्व बोकेको छ । त्यसैले फिल्ममा नयाँपन ल्याउनका लागि अभिनेत्री बदल्नु स्वभाविक हो । अलग कहानीका साथ अलग कलाकार फिल्मका लागि पक्कै पनि राम्रो साबित हुनेछ ।’

यस अघि ‘गोलमाल २ र ३’ मा अभिनेत्री करीना कपूरले खेलेकी थिइन् । मुख्य अभिनेता अजय देवगनले पनि करीना नहुँदा फिल्म सेट खाली भएको जस्तो लाग्ने बताएका थिए । तर ‘गोलमाल-४’ मा करीना भन्दा परिणिती चोपडा र तब्बूलाई उक्त भूमिकामा बढी सुहाउने भएकाले रोहितले यस्तो कदम उठाएको अजयले बताएका हुन् । करीनाका लागि कुनै पनि भूमिका उपयुक्त भएको भए रोहितले पक्कै पनि उनलाई नै लिने अजयले बताए । गोलमाल-४ यहि अक्टोबर २० मा रिलिज हुँदैछ ।

 

The post ‘गोलमाल-४’ मा करीनालाई किन खेलाएनन् रोहितले ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles