एजेन्सी, २२ असोज । बलिउडको अहिले सम्मकै सर्वाधिक कमाई गर्ने फिल्म बाहुबली २ का अभिनेता प्रभास र अनुष्का शेट्टी अब वास्तविक जीवनमा पनि साथ हुने भएका छन् । फिल्ममा उनीहरुको जोडीलाई दर्शकहरुले धेरै मन पराएका थिए ।
उनीहरु आफैँले सम्बन्धबारे खुलासा गरिसकेका भने छैनन् । संचार माध्यमबाट लुकेर सम्बन्ध बनाइरहेका उनीहरु अब चाँडै नै स्वयम्भर गर्ने तयारी गरिरहेको बताइएको छ । उनीहरु दुवैका नजिकका साथीले सो खबर बाहिर ल्याएको बताइएको हो ।
प्रभासले रोकाएका थिए अनुष्काको विवाह
एक म्यागजीनका अनुसार दुई वर्ष अघि नै अनुष्काले विहे गर्ने तयारी गरिसकेकी थिइन् । तर, प्रभासले उनलाई त्यसबेला फिल्म बाहुबलीमा मात्रै ध्यान दिन लगाएकाले उनको विवाह रोकिएको थियो । प्रभासले आफैँ पनि पाँच वर्ष सम्म विवाह नगर्ने र फिल्मको सुटिङमा मात्र केन्द्रित हुने निर्णय लिएको बताइन्छ ।
अहिले अनुष्का र प्रभास एकअर्काको राम्रो साथी मात्र भएको बताउने गरेका छन् । उनीहरुको सम्बन्धबारे पहिले पनि धेरै पटक खबर आइसकेको थियो । यहाँसम्मकी प्रभासले अनुष्कासँग अर्को फिल्म ‘साहो’ मा पनि सँगै काम गर्ने चाहाना व्यक्त गरेका थिए । तर उनको तौल नमिलेका कारण अहिले सो फिल्ममा श्रद्धा कपूरलाई लिइने भएको हो ।
The post बाहुबलीका कलाकार प्रभास र अनुष्का बिहेको तयारीमा appeared first on Sajha Post.