Quantcast
Viewing all articles
Browse latest Browse all 3084

सिल गरिएको पसल खोल्न मन्त्रीकै निर्देशन ! किन भएन दरबारमार्गका व्यवसायीलाई कारबाही ?

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, १० असोज ।  उपभोक्तालाई ठगेको आरोपमा २० दिनअघि सिल गरिएका दरबारमार्गका विभिन्न व्यवसायिक फर्मलाई बिनाकारबाही छाडिएको भन्दै उपभोक्तावादीले विरोध जनाएका छन् ।

मन्त्री र उनीनिकट व्यक्तिले चलखेल गरेर व्यावसायिक फर्मलाई उन्मुक्ति दिएको उनीहरुको आरोप छ ।

आपूर्तिमन्त्री शिवकुमार मण्डल र आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको टोलीले २० दिनअघि अनुगमन गर्दा उपभोक्तालाई ठगी गरेको पाइएपछि ती फर्ममाथि सिल गरिएको थियो ।

मन्त्री मण्डलले ती फर्मलाई सिल गर्दै कालोबजारी ऐनअनुसार कारबाही गर्ने प्रतिवद्धता जनाए पनि कारबाहीबिनै सोमबारदेखि सञ्चालन गर्न निर्देशन दिएका हुन् । अन्नपुर्ण पोष्टमा खबर छ ।

The post सिल गरिएको पसल खोल्न मन्त्रीकै निर्देशन ! किन भएन दरबारमार्गका व्यवसायीलाई कारबाही ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles