एजेन्सी, ९ असाेज । अभिनेता संजय दत्त जेलमुक्त भएपछि पहिलोपटक फिल्म ‘भूमी’ बाट बलिउडमा फर्किएका छन् । उनको यो फिल्ममा महिलाहिंसा विरुद्धको लडाईमा आधारित छ ।
आफ्नी ठूली छोरी त्रिशलासँग खास सम्बन्ध राख्ने उनी भन्छन्, ‘घरको नियम छोरी र छोरा दुवैलाई समान रुपमा लागू गरिनुपर्छ । ’
यसै क्रममा बाल्यकालमा आफ्नो बुवाको र आफ्नो सम्बन्धबारे बताउँदै संजयले भने, ‘मैले पहिलो पटक बाथरुममा लुकेर चुरोट पिइरहेको थिएँ । त्यसैबेला अचानक बुवा त्यहाँ आइपुग्नु भयो । मैले हत्तपत्त चुरोट फ्याकेँ तरपनि उहाँले गन्धकै कारण थाहा पाउनु भयो । मेरो गल्तीका कारण उहाँले मलाई जुत्तैजुत्ताले हान्नुभयो ।’
बुवाआमा र छोराछोरी जति नजिक भएपनि साथीजस्तो कहिल्यै हुन नसक्ने भन्दै संजय दत्तले आफ्नो बाल्यकालको यो रमाइलो घटना सुनाएका हुन् ।
The post लुकेर चुरोट पिउँदा बुवाले जुत्ताले हान्नुभयो : संजय दत्त appeared first on Sajha Post.