Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यसकारण फिल्मबाट निकालियो अभिषेकलाई

$
0
0

एजेन्सी, ९ असोज । गत जूनमा अभिषेक बच्चनले उत्साहित हुँदै फिल्म ‘पल्टन’को पोस्टर सहित ट्वीट गरेर आफ्नो आगामी फिल्मबारे जानकारी गराएका थिए । सुनील शेट्टी, सोनू सूद, पुलकित सम्राट, सिद्धार्थ कपूर, अर्जुन रामपाल र गुरमीत चौधरी जस्ता कलाकारले पनि यस फिल्ममा अभिनय गर्ने बताइएको थियो ।

तर फिल्मकी निर्माता निधि दत्ताले अभिनेता अभिषेक बच्चन अचानक फिल्मबाट बाहिरीएको जानकारी गराएकी छन् । फिल्ममा युवा अवस्थाको जीवनलाई पर्दामा जीवित पार्न सक्ने कलाकारको आवश्यक्ता परेकाले अभिषेकलाई अहिलेका लागि निकालिएको खबर आएको छ । फिल्मलाई आवश्यक पात्रको भूमिका निभाउन नसक्ने देखिएपछि अभिषेक फिल्मबाट बाहिरिएका हुन् ।

हुन त फिल्मकी निर्माताले अभिषेकलाई अगामी भविष्यको कामना गर्दै अभिषेक उत्कृष्ट अभिनेता रहेको र व्यक्तिगत कारणले फिल्म छोड्नुपरेको बताइरहेकी छन् । फिल्मको सुटिङ सुरु हुनु २४ घन्टा अघि मात्रै अभिषेक अचानक फिल्मबाट बाहिरीएपछि यसबारे विभिन्न अनुमान लगाइएको हो ।

 

The post यसकारण फिल्मबाट निकालियो अभिषेकलाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles